नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्नीशोक
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ । पत्नी शोभा प्रधानको आज अपराह्नमा निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित प्रधानको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रधान शिक्षण पेशामा आवद्ध थिइन् । सोही पेशामा रहँदा उनलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । एकपटक ठीक भएको क्यान्सर पुनः बल्झिएकोपछि उनको निधन भएको हो ।
विसं २०१७ मा रामेछापमा जन्मिएकी प्रधानको नेता बिजुक्छेसँग २०४० मा विवाह भएको थियो । उनीहरूका दुई छोरा छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया