यीनै हुन् विश्वकै सुन्दर अनुहार भएकी महिला !
काठमाडौं । विभिन्न कारणले सधैँ चर्चामा रहने हलिउड अभिनेत्री एम्बर हेयर्ड अहिले पुनः चर्चामा आएकी छिन् ।
कुनैबेला उनी पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धका कारण चर्चित बनेकी थिइन् । तर, अहिले चर्चामा आउनुमा अर्कै कारण छ ।
संसारकै सुन्दर अनुहार भएकी महिला घोषित भएपछि उनी चर्चामा आएकी छिन् ।
विज्ञानले हालै पुष्टि गरेअनुसार उनी संसारकै सुन्दर अनुहार भएकी महिला हुन् ।

अभिनेत्री हेयर्डको अनुहार ‘पर्फेक्ट’ भएको एउटा विशेष म्यापिङ फर्मुलाबाट पत्ता लागेको छ । उनको अनुहार विशेष भएको वैज्ञानिकहरूको दाबी छ । उनको अनुहारको विशेषताबारे अध्ययन गर्न विशेष प्रविधिको प्रयोग गरिएको थियो । उनको आँखा, ओठ र अनुहारको आकारबारे अध्ययन गरियो । त्यसपछि उनी संसारकै सुन्दर अनुहार भएकी महिला भएको निष्कर्ष निकालियो ।
उनको आँखा, ओठ र अनुहारको आकारबारे अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालिएको हो ।
पूर्वपति डिपसँग घरेलुहिंसाबारेको मुद्दामा हारेपछि हेयर्ड गत महिना धेरै चर्चामा आएकी थिइन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया