दुर्घटनामा एकको मृत्यु, ११ घाइते

सप्तरी । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिनु भएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।
विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो । घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य चार घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया