मंकीपक्स प्रकोप : विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा

काठमाडौं । विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन) ले मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
कोभिड-१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुखले ३२ देशमा मंकीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठक भएको केहीदिनपछि डब्ल्युएचएनले स्वास्थ्य आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।
आज डब्ल्युएचएनका पदाधिकारीको बैठक हुने र त्यसमा प्रकोपबाट जोगिन तथा उच्च सतर्कता अपनाउनेलगायत नियन्त्रणात्मक उपायबारे छलफल हुने बताइएको छ ।
रोगको प्रकोप कुनै एक देश वा क्षेत्रमा सीमिति नभएकाले त्यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता परेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् ।
हाल विश्वका ५८ देशमा मंकीपक्स फैलिएको र तीन हजार चारसय १७ जना बिरामी फेला परेका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया