एमसिसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ : उपसभापति गुरुङ
चितवन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसिसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताएका हुन् ।
“एमसिसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ ।” देशको आन्तरिक मामला भएकाले के ठीक के बेठिक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ । उपसभापति गुरुङले भने, “हाम्रै कारणले वैदेशिक शक्ति एमसिसीका बारेमा बोल्न थालेका हुन् कि भन्ने मलाई लाग्छ ।” नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उनको आरोप थियो ।
उपसभापति गुरुङले न्यायलय ठीक ढङ्गबाट सञ्चालन हुनुपथ्र्यो । न्यायलयका प्रमुख प्रधानन्यायधीशले न्यायलय चलाउन नसकेपछि मार्गप्रशस्त गर्नुपथ्र्यो तर समस्यालाई हेरेर बस्नु हँुदैनथ्यो भने । एक फरक प्रसङ्गमा उनले संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
संसद् प्रतिपक्षको भए पनि विरोधका कारण बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसद्मा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानून बनाइनुपर्नेमा बन्दक बनाउनु गलत भएको बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया