NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

नेपाल–भारत सीमा सोमबारसम्म बन्द

झापा । नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।

उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका बन्द गरिएकाे बताए

उनका अनुसार आज बिहान ६ बजेदेखि बन्द गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ । विशेषगरी, बिरामी, असहाय र अशक्तलाई नाका वारपार गर्नुपर्ने परेमा दुवैतिरका सुरक्षा निकायको समन्वयमा गरिने उनको भनाइ छ । दार्जिलिङसँगै मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा समेत जिटिएको चुनाव हुने जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष