गोलियाले किचेर युवकको मृत्यु

पाँचथर । जिल्लामा रुखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ । सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको आज मृत्यु भएको हो ।
गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया