प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि तय बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
संसद् सचिवालयका अनुसार, लोक सेवा आयोग विधेयक, २०७५ र नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ संशोधनसम्बन्धी प्रस्ताव आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ ।
लोक सेवा विधेयकमाथि राष्ट्रियसभाले संशोधन गरिसकेको छ भने नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ पनि राष्ट्रियसभाबाट नै उत्पत्ति भएको हो ।
दुवै प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन् । आजकै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औं वाषिर्क प्रतिवेदन पनि पेस गर्दैछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया