डिजेल र पेट्रोलको मूल्य घट्दा हवाई इन्धन भने यथावत्, वायुसेवा सञ्चालक संघको आपत्ति
काठमाडौं । सरकारले शनिबार राति पेट्रोल र डिजेलको मूल्य घटाउँदा हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । हवाई इन्धनको मूल्य यथावत रहँदा वायुसेवा सञ्चालक संघले आपत्ति जनाएको छ ।
संघले हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजश्व घटाएर १० रूपैयाँ प्रतिलिटरभन्दा बढी मुनाफा नहुने गरी हवाई इन्धनको मूल्य समायोजन गर्न अनुरोध गरेको छ ।
सरकारले पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २० रूपैयाँले घटाइ १७९ रूपैयाँ र डिजेल ÷ मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर २९ रूपैयाँले घटाएर १६३ रूपैयाँ कायम गरेको थियो ।
तर, हवाई इन्धनको आन्तरिक तथा बाहयको खुद्रा मूल्य भने हाललाई यथावत नै राख्ने गरी भएको मूल्य समायोजनप्रति संघले ध्यानाकर्षण गराएको हो ।
त्यसो त अन्तर्राष्ट्रिय बजारका तुलनामा सरकारले लगाउने करका कारण नेपालमा हवाई इन्धन अत्याधिक महंगो मानिन्छ । त्यसमाथि विगत दुई वर्षदेखि कोभिड महामारीका कारण ८ महिना हवाई सेवा पूर्ण रुपमा बन्द भयो ।
त्यो अवस्थामा वायुसेवाहरू सबैभन्दा बढी मारमा परेकाले विदेशी पर्यटकहरू आगमनमा खासै सुधार हुन नसकेको विज्ञप्तिमा जनाइएको छ । वायुसेवाहरू अझै पनि सस्तो न्यून भाडामा आफ्ना सेवा सञ्चालन गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाको मारमा परेका वायुसेवा उद्योगलाई पुनः स्थापित गर्न भारत, चीन लगायतका विभिन्न मुलुकले हवाई इन्धनमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धारासायी हुनबाट बचाउन हवाई इन्धनको अस्वभाविक मूल्यलाई विश्व बजारको मूल्यसँग समायोजनको आवश्यकता संघले औंल्याएको छ ।
ताजा अपडेट
-
सुनको मूल्य ३ लाख माथि पुग्यो
-
रास्वपाको बागमती प्रदेश अधिवेशन आज
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
स्वास्थ्य मन्त्रालयद्वारा बेडसंख्याअनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल गर्ने निर्णय


प्रतिक्रिया