आफूमाथि कुप्रचार गरेकोमा निवर्तमान श्रममन्त्री श्रेष्ठको आपत्ति
काठमाडौं । निवर्तमान श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठले आफूमाथि कुप्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी विदाइ भएका श्रेष्ठले मिडियामार्फत आफूहरूबारे कुप्रचार गरेको भन्दै उनले चित्त दुःखाए । आफू पार्टीकै सिफारिसमा प्रधानमन्त्रीले मन्त्री नियुक्त भएको र पार्टीकै सिफारिसमा आफू स्वतः पदमुक्त भएको बताए ।
‘पार्टीको सिफारिसमा प्रधानमन्त्रीले मलाई मन्त्रीमा नियुक्त गरेका हुन् । पार्टीकै सिफारिसमा प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि म निवर्तमान भइसकें’, उनले भने, ‘स्वभाविक प्रक्रियालाई मिडियामा उचालेर पदमा टिकिराख्न बालुवटार पुगेर दबाब दिएको आरोप लाग्यो । हाम्रो चाहना भनेको संसदीय प्रणालीमा हामीले बजेट पेश गरेपछि सम्बन्धित सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन पाउँ भन्नेमात्र हाम्रो हो ।’
पार्टी छोड्छ रे । मन्त्री पद छोड्दैन रे । प्रधानमन्त्रीलाई दबाब दियो रे भन्ने बाहिर धेरे हल्ला भएको भन्दै उनले आफूबाट त्यस्तो केही नगरेको र मन्त्री पद आफूलाई ठूलो नभएको बताए ।
‘मन्त्रीले चढ्ने भन्दा ठूलो गाडि चढेर आएको छु । मलाई मन्त्री पद केही होइन । अहिले गुमेपछि फेरी आउन सक्छ’, सचिवतिर हेर्दै उनले भने, ‘अब आउने मन्त्रीलाई उहाँलाई मलाई जस्तै सहयोग गर्नुहोला ।’
उनले पत्रकार सम्मेलन नगर्न भन्दासमेत सचिवले नमानेको जिकिर गरे ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया