टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका स्टार खाबी लेम
काठमाडौं । टिकटक स्टार खाबी लेमको टिकटमा फलोअर्स १४२.८ मिलियन पुगेको छ ।
खाबीको फलोअर्स अर्का टिकटक स्टार चार्ली डि अमेलियोको भन्दा धेरै भएपछि उनले नयाँ रेकर्ड कायम गरेका हुन् । खाबीले टिकटकमा सबैको मन जितेका छन् ।
उनलाई साइलेन्ट कमेडियनको रुपमा समेत मानिसले चिन्ने गर्छन् । संवादविना नै शारीरिक हाउभाउले हसाउँदै आएका छन् । खाबी पश्चिम अफ्रिकी देश सेनेगलका हुन् ।
खाबी इन्स्टाग्राममा पनि आफ्नो कमेडी भिडियोका कारण चर्चित छन् । इन्स्टाग्राममा उनको फलोअर्स ७८ मिलियन बढी छन् । खाबी २२ वर्षका भए ।
साधारण कारखानामा काम गर्ने उनले कमेडियन भिडियो बनाउन थालेपछि सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया