आफूले बोल्नेबेला नेताहरू हिँडेपछि प्रचण्डको आक्रोश : अरुले बोलेको चाहिँ सुन्नुपर्दैन ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले भाषण दिनेबेलामा सबै नेताहरू हिँडेपछि आक्रोशित भएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र अवसर विषयको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
आफूले नेकपा (एमाले)का महासचिव शंखर पोखरेललाई बस्नुस्भन्दा पनि उनी कार्यक्रमको बीचबाटै हिँडेको उनले बताए ।
‘मैले महासचिवज्यूलाई बस्नुस् भनेको थिएँ । तर, उहाँ तपाईंले बोलेको सुनिहाल्छु नि भन्दै हिँड्नुभयो,’ उनले भने ।
यसअघि उनले आफूले बोल्दा नेताहरू उठेर हिँडेकोमा द्वेष प्रकट गर्दै भनेका थिए, ‘आफूलाई लागेको कुरा बोलेपछि उठेर हिँड्ने अनि अरूले बोलेको सुन्न पर्दैन ?’
अध्यक्ष प्रचण्डभन्दा अघि नेता झलनाथ खनाल, पोखरेललगायतले बोलेका थिए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया