सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९7 हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा १२ सय ५५ रुपैयाँले कारोबार भएको चाँदी मंगलबार स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको हो ।
प्रतिक्रिया