नेकपा पुनस्र्थापनाका लागि पहल गर्न वामदेवलाई जिम्मेवारी दिने नेकपा एकता राष्ट्रिय अभियानको घोषणा
काठमाडौं । वामदेव गौतमको नयाँ पार्टी नेकपा एकता राष्ट्रिय अभियानले ७५ सदस्य केन्द्रीय कमिटी गठन गरेको छ । मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा गरेको हो ।
पार्टीको उदेश्य विघटित नेकपालाई पुनस्र्थापना गर्नु रहेको तत्काल एकता सम्भव नभए आगामी संघीय निर्वाचनअघि नै तीन घटकसँग कार्यगत एकता गरी वाम गठबन्धन बनाउने रहेको छ । त्यो पनि सम्भव नभए छुट्टै नयाँ पार्टी बनाएर लैजाने निर्णय गरेको छ ।
पार्टीको संगठनात्मक ढाँचा बहुपदीय हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । केन्द्रीय कमिटीलाई ६९ सदस्यबाट ७५ सदस्य बनाएको छ ।
दैनिक काम सञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । पार्टी एकताका लागि पहल गर्न गौतमलाई जिम्मेवारी दिइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया