एउटै नम्बरका दुई मोटरसाइकल प्रकरण : ‘सक्कली’ सवारीधनी भेटिए
काठमाडौं । काठमाडौंको सडकमा एकै नम्बर प्लेटका दुईवटा मोटरसाइकल बुधबार भेटिएपछि कुन सक्कली भन्ने कौतुहलता सबैलाई लागेको हुनुपर्छ । अब त्यो कौहुहलता मेटिएको छ । तस्बिरको बायाँपट्टी देखिएका १५० सिसीकाे पल्सर मोटरसाइकल चालक सक्कली सवारीधनी भएको तथ्य बाहिरिएको छ ।
हाल काठमाडौंको सुविधानगर बस्ने काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिकाका शिवहरि सत्याल रहेको तथ्य बाहिरिएको हो । सत्यालले सो मोटरसाइकल आफ्नो भएको दाबी गर्दै कागजपत्रसमेत सामाजिक सञ्जालमा राखेका छन् ।

आफ्नो नम्बरको अर्को मोटरसाइकल भेटिएपछि सत्याल प्रहरीको सम्पर्कमा गएका थिए । अर्का व्यक्ति भने फरार छन् ।
बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका दुई मोटरसाइकल गौशालाको जाममा भेटिएका थिए ।
एउटै नम्बरका दुई मोटरसाइकल जाममा परेपछि कसैले तस्बिर खिचेर सामाजिक सञ्जालमा हालेपछि त्यो भाइरल भएको थियो ।
यी हुन् पुरुषको नामको लाइसेन्स आफ्नो नाममा निकाल्ने महिला सैनिक
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया