सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
काठमाडौं (एजेन्सी) । सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ ।
सरकार विरोधी आन्दोलन थप चर्किंदै जाँदा भएका प्रदर्शनका क्रममा शुक्रबार नौ जनाको मृत्यु भएको भन्दै शनिबार निकालिएको जुलुसमा हजारौं सहभागी बनेका छन् ।
राजधानी केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरूको दमनको विरोध गरेका हुन् ।
संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायका विभिन्न मुलुकले शान्तिपूर्ण विरोधमा सेनाबाट बल प्रयोग गरेको भनी घटनाप्रति चासो व्यक्त गर्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।
अक्टोबरदेखि अहिलेसम्म भएका प्रदर्शनका क्रममा १८ बालबालिकासहित ११३ जनाको मृत्यु भइसकेको छ ।
सरकारी अधिकारीहरुको दमनसँगै इन्टरनेटलगायतका सञ्चार सेवाहरु पनि विच्छेद गरेका छन् ।
आन्दोलनरत सर्वसाधारणको जमघट कम गर्न सरकारी अधिकारीहरुको निर्देशनमा इन्टरनेट सेवा अवरुद्ध पारेको सेवा प्रदायकहरुले जनाएका छन् । सुडानस्थित विभिन्न दूतावास तथा मानवअधिकारवादी संघसंस्थाहरुले भने सरकारी दमनको विरोध गर्दै लोकतन्त्रमा विरोधीहरुको मतको सम्मान गर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया