माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
प्रज्ञा भवन कमलादीमा बस्ने बैठक तीन दिनसम्म चल्नेछ ।
अपूर्ण अवस्थामा रहेका कमिटीहरूलाई पूर्णता दिने विषय बैठकको मुख्य एजेन्डा रहेको सो पार्टीका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
गत पुस १८ मा माओवादीको महाधिवेशन सम्पन्न भएको थियो । तर आकांक्षी व्यवस्थापन गर्न हम्मे परेपछि केन्द्रीय समिति र पदाधिकारी टुंगो नलगाई स्थगित भएको थियो । केन्द्रीय समितिबाट पछि पूर्णता दिने भनिए पनि यी काम बाँकी छन् ।
आजबाट सुरु हुने केन्द्रीय समिति बैठकले थाती काम टुंगो लगाउने अपेक्षा गरिएको छ ।
बैठकले स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीति पनि तय गर्दैछ ।
कांग्रेस, समाजवादीलगायत सत्तासाझेदार दलसँग गठबन्धन गरेर स्थानीय तहमा होमिएको माओवादी केन्द्रले आफ्नो अवस्था ०७४ को भन्दा थोरै सुधार गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया