किन बस्दैछ एमालेको सचिवालय बैठक ?
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बस्दैछ । आज ११ बजे सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको बैठक बस्न लागेको हो ।
बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए ।
आफ्नोविरुद्ध सत्ता गठबन्धनले फेरि मिलेर चुनावमा जाने तयारी गरेपछि यसलाई काउन्टर दिने गरी अघि बढ्ने तयारीमा एमाले छ ।
सत्तारुढ दल लिम्दा गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो भएको थियो ।
महानगरपालिका र महत्वपूर्ण आधार नै गुमाएपछि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यसलाई फर्काउने तयारीमा एमाले छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया