भुइँ नबिर्सने अभ्यासमा लिङ्देन (५ तस्बिरसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन यतिबेला गृहनगर झापामा छन् । त्यहाँ रहँदा उनलाई असारको चटारो छोएको पाइएको छ ।
झापाको अल्दीबारीस्थित आफ्नै खेतमा रोपाइँ गरिरहेका तस्बिर र भिडियो सामाजिक सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले यसको पुष्टि गरेका हुन् ।
उनी बाउसे गर्नेदेखिए लिएर मल छर्ने र धान रोप्नेसम्म गरिहेका छन् । उनले कोदालाे (फरुवा)ले खनिरहेको दृश्य पनि तस्बिरमा देख्न सकिन्छ । फेसबुकमा तस्बिर र भिडियो राख्दै लिङ्देनले लेखेका छन्, ‘भुइँ नबिर्सने अभ्यासमा !’
लिङ्देनले भुइँ नबिर्सिएको भन्दै सामाजिक सञ्जालमा अधिकांशले उनको प्रशंसा गरेका छन् ।
लिङ्देनले आफ्ना भाषण र दस्तावेजमा आत्मनिर्भर अर्थतन्त्रको अकालत गर्ने गरेका छन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया