नेपहपको श्रीपेचधारीलाई कति पुरस्कार ?
काठमाडौं । ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौंस्थित सोल्टी होटेलमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो उपाधि जितेका हुन् ।
साइमनले काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराईलाई पछि पारेका हुन् ।
उपाधि विजेता साइमनले श्रीपेजसँगै १० लाख रुपैयाँ प्राप्त गरे । यस्तै, रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन तथा विश्व भ्रमण गर्ने मौका जितेका छन् ।
शोको निर्णायक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, गिरिश खतिवडा र मानस घले थिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया