एम्बुलेन्सको ठक्करबाट मृत्यु

सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बर भएकोे एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१–०२–०४१ प २१५५ नम्वरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी थिइन । एम्बुलेन्स चालक सप्तरी विषनपुर ५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया