सभापति देउवाले कलम अड्काए : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुस्त हुनुमा सभापति शेरबहादुर देउवा दोषी रहेको बताएका छन् ।
संसद् बैठकपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उनले सभापति देउवाको कलमबाट हुने विषय एउटा पनि निर्णय नभएको बताए ।
‘हिजो पार्टी सभापति फेरौं त भन्दा होइन फेर्यो भने त पार्टी बर्बादै हुन्छ भने । ज्यान फालेर देउवालाई नै सभापति बनाए,’ उनले भने, ‘अहिले आएर पार्टी सभापतिको कलमबाट एउटा पनि निर्णय भएको छैन ।’
युवा महामन्त्रीले पनि केही गर्न सकेनन् भन्ने आरोपको जवाफ दिँदै थापाले ‘विधानमा तोकिएका विषय पार्टी सभापतिले प्रारम्भ नै हुँदैन । महामन्त्रीले ल्याउने प्रस्ताव हुन् भने त म चार घण्टामै सकिदिन्छु ।’
विभाग, भ्रातृ संगठन, अनुशासन समिति, संसदीय समिति बनाउनेजस्ता विषयको प्रस्ताव पार्टी सभापतिले मात्र ल्याउने विधानमा उल्लेख रहेको थापाले स्मरण गराए ।
यी विषयका लागि पार्टी सभापतिलाई गर्ने सहयोग गरेको र तरिका पनि दिएको तर पार नलागेको उनले गुनासो गरे ।
‘तर, जबसम्म उहाँले कलम चोब्नुहुन्न काम अगाडि बढ्दैन । अड्केको कुरा यो हो,’ उनले भने ।
यद्यपि, पछिल्लो समय भने आफूलाई केही काम हुन्छ भन्ने विश्वास लागेको थापाले बताएका छन् ।
विभाग, भ्रातृ संस्थालगायतका विषय चाँडै टुंगिन्छन् भन्ने विश्वास छ । हामी त्यसरी नै काम गरिहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया