मेयर शाहले नेपहपको श्रीपेच बज्राचार्य गुरुलाई फिर्ता गरे
काठमाडौं । र्याप गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइएको मुकुट विवाद समाधान भएको छ ।
मुकुटलाई लिएर विवाद भएपछि काठमाडौंका मेयर तथा ‘नेपहपको श्रीपेच’का निर्णायक बालेन्द्र शाहले मंगलबार बज्राचार्य गुरुलाई उक्त मुकुट हस्तान्तरण गरे ।
उक्त रियालिटी शोको फाइनलमा मेयर शाहले विजेता भएका भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।
एउटा सांगीतिक कार्यक्रममा धार्मिक महत्त्वको मुकुटको दुरुपयोग गरिएको भन्दै विवाद भएको थियो । यस विषयमा छलफल गरेपछि मेयर शाहले आफूबाट गल्ती भएको भन्दै सच्याउने प्रतिबद्धता गरेका थिए ।
यसै अनुरुप उनले मंगलबार थँ हिति ज्याथास्थित छुस्या बहास्मा आयोजत कार्यक्रममा मेयर शाहले गुरु देय थस्पालाई मुकुट हस्तान्तरण गरेका हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया