अर्थमन्त्रीलाई ‘मुसो’ बनाएर युवा संघको प्रदर्शन, लागे यस्ता नारा
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले ‘सिसिटिभी फुटेज खाने अर्थपूर्ण मुसा’ लेखेको व्यानरमा शर्माको अनुहार मुसाको शरीरमा जोडेर बनाइएको तस्बिरसहित आज काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको तथा सिसिटिभी फुटेज पनि गायब बनाएको भन्दै उनीहरूले प्रदर्शन गरेका छन् ।
युवा संघका कार्यकर्ताले ‘जनार्दन कि धनआर्जन’, ‘राजीनामा होइन, अब बर्खास्त गर’जस्ता नारासहितका प्लेकार्ड बोकेका छन् ।
गत जेठ १५ मा अर्थमन्त्री शर्माले व्यापारिक घरानाका व्यक्तिलाई बजेट निर्माण गर्ने जिम्मेवारी दिएको विषय बाहिरिएको थियो । ठूला व्यापारीका ती प्रतिनिधिहरूले बजेटमा आफूअनुकुल करको दर हेरफेर गर्न भूमिका खेलेको बताइएको छ ।
त्यसपछि उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरी सिसिटिभी फुजेट माग गरेको थियो । तर, अर्थ मन्त्रालयले सिसिटिभी फुटेज मेटिसकेको जवाफ दिएको छ । यसबाट अर्थमन्त्री झनै आलोचित भइरहेका छन् ।
अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न प्रचण्डको साथ खोज्दै प्रधानमन्त्री देउवा
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया