मंसिर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति प्रस्ताव गर्ने भएको छ ।
आयोगले पहिलो विकल्पमा २ मंसिरको मिति तय गरी सरकारलाई औपचारिक जानकारी गराउन खोजेको हो । यसका लागि बुधबार आयोगका पदाधिकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाँदैछन् ।
आयोगले यो सुझावको विकल्पमा मंसिर ५ को मिति पनि प्रस्ताव गर्ने भएको छ ।
यस अघि दुई चरणमा चुनाव गर्ने बताइए पनि फेरि एकै चरणमा चुनाव गर्ने विषयमा आयोगले तयारी अघि बढाएको हो ।
तर आयोगको परामर्शमा सरकारले निर्वाचन मितिको औपचारिक घोषणा गर्छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया