मंसिर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति प्रस्ताव गर्ने भएको छ ।
आयोगले पहिलो विकल्पमा २ मंसिरको मिति तय गरी सरकारलाई औपचारिक जानकारी गराउन खोजेको हो । यसका लागि बुधबार आयोगका पदाधिकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाँदैछन् ।
आयोगले यो सुझावको विकल्पमा मंसिर ५ को मिति पनि प्रस्ताव गर्ने भएको छ ।
यस अघि दुई चरणमा चुनाव गर्ने बताइए पनि फेरि एकै चरणमा चुनाव गर्ने विषयमा आयोगले तयारी अघि बढाएको हो ।
तर आयोगको परामर्शमा सरकारले निर्वाचन मितिको औपचारिक घोषणा गर्छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया