मेयरले गरे गोहीसँग विवाह

काठमाडौं । मेक्सिकोकाे एक सहर सान पेड्रो ह्युमेलुलाका मेयर भिक्टर ह्युगो सोसाले गोहीसँग विवाह गरेका छन् । उक्त विवाहमा मेयरका आफन्तसमेत सहभागी भएका थिए । उनले आफ्नो दुलही (गोही) लाई चुम्बनसमेत गरेका थिए ।
मेक्सिकोको ओक्साका राज्यका चोक्तल र हुआवे समुदायमा यो परम्परा धेरै वर्षदेखि चलिआएको छ । यस्तो प्रकारको विवाहमा प्रकृतिलाई धन्यवाद दिइन्छ । विवाहका लागि गोहीलाई सेतो पहिरनमा सजाइएको थियो ।
विवाहमा दुलहाको सुरक्षाका लागि गोहीको मुख बाँधिदिएको थियो । सात वर्षको उक्त गोहीलाई सानी राजकुमारीको नाम दिइएको थियो । यो सरीसृपलाई धर्ती आमाको प्रतिनिधित्व गर्ने देवी मानिने गरिन्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया