पदाधिकारीको नामावली प्रचण्डको खल्तीमा, को बन्नलान् महासचिव ?
काठमाडौं । माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक आज सकिने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम, संगठनात्मक जिम्मेवारीलगायत विषयमा संक्षिप्त राजनीतिक प्रतिवेदन बैठकमा प्रचण्डले पेश गरेका थिए ।
अघिकांश सदस्यहरूले पदाधिकारीसहित समिति गठन गर्न दबाब दिएपछि मंगलबार बसेको पूर्वस्थायी समिति बैठकले पदाधिकारी छनोट गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो । त्यहि म्याण्डेट अनुसार उनले आज बैठकमा नामावली प्रस्ताव गर्ने र त्यसलाई पारित गर्ने नेता गणेश साहले बताए ।
‘आजको बैठकले पदाधिकारी, पोलिटब्यूरो र स्थायी समिति टुंगो लाग्छ’, उनले भने, ‘अध्यक्षले नाम प्रस्ताव गरेपछि बैठकले पारित गर्छ । आजै बैठक सकिन्छ ।
पदाधिकारीमा महासचिवका लागि जनार्दन शर्मा र वर्षमान पुनबीच सहमति जुट्न सकेको छैन । यहि विवादका कारण पदाधिकारी, पोलिटब्यूरो र स्थायी समितिका नामावली प्रचण्डले कोटको खल्तीमा बोकेर हिडेका छन् ।
पुन र शर्मालाईबीचको हानाथापले पदाधीकारी छनोट गर्न उनलाई अप्ठ्यारो परेको छ । महासचिवमा दुईमध्ये एक पक्का भएपनि प्रचण्डले सहमतिमै विवाद टुंग्याउन चाहेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया