बुढीगंगामा मतदानको क्रममा फेरि तनाव, नेकपा एसका नेता घाइते
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा मतदानका क्रममा फेरि पनि तनावको स्थिति सिर्जना भएको छ ।
मतदान चलिरहेका बेलामा १२ बजे तनावको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।
त्रिशक्ति माध्यमिक विद्यालयभइरहेको मतदानका क्रममा दुई पक्षबीच तनावको स्थिति उत्पन्न भएको हो ।
स्थितिलाई सामान्य बनाउन प्रहरीले हवाइ फायर नै गरेको छ ।
तनावमा परी नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरत थापा घाइते भएका छन् ।
चुनावमा कांग्रेस र एमालेका उम्मेदवार मेयर, उपमेयरमा प्रतिस्पर्धामा छन् ।
गत ३० वैशाखमा बुथ कब्जा भएपछि निर्वाचन अयोगले मतदान रद्द गरेको थियो ।
स्थिति सामान्य भएपछि मतदान पुनः सुरू गरिएकाे थियाे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया