NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

बुढीगंगामा मतदानको क्रममा फेरि तनाव, नेकपा एसका नेता घाइते

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा मतदानका क्रममा फेरि पनि तनावको स्थिति सिर्जना भएको छ ।

मतदान चलिरहेका बेलामा १२ बजे तनावको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।

त्रिशक्ति माध्यमिक विद्यालयभइरहेको मतदानका क्रममा दुई पक्षबीच तनावको स्थिति उत्पन्न भएको हो ।

स्थितिलाई सामान्य बनाउन प्रहरीले हवाइ फायर नै गरेको छ ।

तनावमा परी नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरत थापा घाइते भएका छन् ।

चुनावमा कांग्रेस र एमालेका उम्मेदवार मेयर, उपमेयरमा प्रतिस्पर्धामा छन् ।

गत ३० वैशाखमा बुथ कब्जा भएपछि निर्वाचन अयोगले मतदान रद्द गरेको थियो ।

स्थिति सामान्य भएपछि मतदान पुनः सुरू गरिएकाे थियाे ।

ताजा अपडेट

नेपालवाच विशेष