विश्वभर महामारी बन्दैछ डिमेन्सिया

काठमाडौं । डिमेन्सिया अर्थात् बिर्सिने रोगका बिरामी बढ्दै गएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ५ करोड ५० लाख मानिस डिमेन्सियाका बिरामी रहेका छन् । यो रोग विशेषगरी बुढेसकालमा देखापर्छ । चिकित्सका अनुसार यो रोगसँग जोडिएको बिरामीलाई अल्जाइमरको उपचारका लागि दिइने क्रेनेजुमाब जस्तो औषधीले समेत काम गरेको छैन ।
डिमेन्सिया हुने कारणहरु धेरै छन्, तीमध्ये करिब ७० प्रतिशत बिरामीलाई ‘अल्जाइमर’ का कारण हुने गर्छ । अनुसन्धानका अनुसार ४० प्रतिशत मानिसमा युवा अवस्थामा ब्लड प्रेसर, धुम्रपान, आँखाको ज्योतिमा कमी तथा उमेर बढ्दै जाँदा कम सुन्ने जस्ता समस्याका कारण डिमेन्सिया हुने गर्छ ।
अमेरिकामा गरिएको एक अध्ययनअनुसार त्यहाँका ६२ प्रतिशत व्यक्तिमा आँखाको ज्योति कम हुँदै गएका व्यक्तिमा डिमेन्सियाको समस्या देखिएको थियो । अध्ययनले आँखा स्वस्थ राखेमा हरेक वर्ष एक लाख मानिस डिमेन्सियाबाट बच्ने देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्म यो समस्या भएका मानिसको संख्या बढेर ७ करोड ८० लाख पुग्न सक्छ । सन् २०५० सम्ममा १३ करोड ९० लाख पुग्ने संगठनले जनाएको छ ।
के हो डिमेन्सिया ?
मष्तिस्कको स्मरण शक्तिमा कमी आउने समस्या नै डिमेन्सिया हो । जसलाई बिर्सिने रोगको नामले पनि चिनिन्छ । समय वित्दै जाँदा बितेका घटना बिर्संदै जाने तथा सामान्य कुरा पनि सम्झनका लागि समय लाग्नेजस्ता समस्या देखापर्न थाल्छन् । यसले दिमागभित्रका नसालाई कमजोर बनाउँदै लान्छ ।
प्रायः उमेर बढ्दै जाँदा डिमेन्सियाको समस्या हुन्छ । त्यसमा पनि ६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना १ प्रतिशत हुन्छ भने ९० देखि ९५ वर्षका लाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ । डिमेन्सिया बुढेसकाल लागेकाले हुने भन्दा पनि मस्तिष्कमा रोग लागेपछि हुने समस्या हो ।
यसका लक्षण ?
बिर्सने, नियमित काम गर्न कठिनाइ हुने, रिस उठने, समय तथा स्थानको ज्ञान हराउने, महिना, बार, गतेजस्ता कुराको सम्झना नआउने, आफू बस्दै आएको गाउँ, टोल, छिमेकबारे पनि याद नहुने, आफ्नै परिवारका सदस्यसमेत नचिन्ने आदि समस्या देखापर्छन्।
रोकथामका उपाय ?
यो रोगबाट बच्न मस्तिष्कको व्यायाम आवश्यक छ । यसकालागि पढ्ने, लेख्ने, हिसाब गर्ने, क्रसवर्ड, चेस खेल्ने बानी गर्दा डिमेन्सियाबाट बच्न सकिन्छ ।
खानपानका ध्यान दिने, हरियो चिया, क्याफिन, डार्क चकलेट, रेड वाइन, भिटामिन बी १२, भिटामिन ईलगायत खाद्य पदार्थ खाने, आफूमा भएका दीर्घ रोगलाई नियन्त्रण गर्ने, धूम्रपान र मद्यपानबाट टाढा रहनु पर्छ । साथै दिमागको व्यायाम गर्ने, सामाजिक हुने, उच्च रक्तचाप रोक्ने र समयमा उपचार गरे यसबाट बच्न सकिन्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया