विप्लव कार्यकर्ताले गापा अध्यक्ष र प्रशासकीय अधिकृतलाई हातपात गर्दै दले कालोमोसो

प्युठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेका छन् ।
अध्यक्ष रानाका अनुसार वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी विभिन्न सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला अचानक एक समूहले हातपात गरेका थिए ।
हामी ‘हामीले विद्यालयमा पठनपाठनलाइ कसरी व्यवस्थित ढंगले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका थियाैँ । हामीले छलफलमा बोल्नै बाँकी थियाे । एक्कासी ती युवाहरू आएर मोसो दली हातपात गरेर भागे ।’ उनका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्लसहितको युवाको समूहले अभद्र व्यवहार गरेका हुन् ।
केही दिनअघि विप्लप समूहले चन्दा मागेकाे र आफूले नदिएको रिसमा त्यसाे गरेको हुन सक्ने उनको अनुमान छ । तर यहि कारणले आफूमाथि हातपात गरेको हो भन्नेमा उनी निश्चित भने नभएको बताए ।
सम्बन्धित समाचार :
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया