विवाह बन्धनमा बाँधिए नीता र हरिहर
काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषि हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरू शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।
करिब चार वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरको विवाह काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न भएको हो ।
वैवाहिक समारोहमा सरोज खनाललगायत केही चलचित्रकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए ।

नीता र हरिहर दुवै आध्यात्ममा विश्वास गर्छन् । यसर्थ, उनीहरूको मन मिलेको बताइएको छ ।
हरिहरले शुभलभ नामक चलचित्रमा अभिनयसमेत गरेका थिए । तर, सफल हुन सकेनन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया