सीमानामा काँडेतार लगाउने अभिव्यक्ति दिएको भोलिपल्टै प्रधानसेनापतिलाई भेटे भारतीय राजदूतले
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् । भेट शुक्रबार सैनिक जङ्गी अड्डामा भएको हो ।
सेनापति शर्माले बिहीबारमात्रै सेनाले नेपाल–भारत सीमानामा तारबार लगाउनुपर्ने प्रस्ताव गरेका थिए ।
सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सेमिनारको समापनमा बिहीबार प्रधानसेनापति शर्माले खुला सीमा नियन्त्रणमा जोड दिँदै तार लगाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
त्यसकै भोलिपल्ट उनलाई भारतीय राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यता, नेपाली सेनाले भने भेटमा आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको जनाएको छ ।
प्रधानसेनापति शर्मा हालैमात्र अमेरिका भ्रमण सकेर फर्किएका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया