नेकपा(एस)को प्रमुख सचेतकमा यादव
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१औँ बैठकले पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी प्रदान गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी देशभर व्यापकरुपमा पार्टी सङ्गठन, जनवर्गीय सङ्गठन विस्तारगरी चुनावी अभियानमा क्रियाशील हुने विषयमा पनि छलफल भएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया