कफी विकास बोर्डको उपाध्यक्षका लागि आवेदन आह्वान
काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्षका लागि आवेदन आह्वान भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार बोर्डको रिक्त उपाध्यक्ष खुला प्रतिस्पर्धाबाट छनोट गर्न आवेदन आह्वान गरेको हो ।
उपाध्यक्ष छनोटका लागि मन्त्रालयद्वारा गठित समितिका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारीको नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, ०७६ को दफा ३, उपदफा २ (क) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा १० वर्षको अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । उमेरको हकमा ३५ वर्ष पूरा भएको हुनुपर्नेछ । माथिल्लो उमेर हद भने तोकिएको छैन ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंगलबारदेखि आगामी २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।


ताजा अपडेट
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड संकलन
-
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा
-
१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
-
भदौभित्रै कृष्णभीर सडक सञ्चालनमा ल्याउने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र


प्रतिक्रिया