बेलायतमा प्रधानमन्त्रीका लागि ११ उम्मेदवार
लन्डन । बेलायतमा सेप्टेम्बर ५ मा देशको नयाँ प्रधानमन्त्रीको नाम घोषणा हुनेछ । कन्जरभेटिभ पार्टीले देशको भावी प्रधानमन्त्री हुने गरी यही दिन पार्टीको नेताको निर्वाचन हुने जनाएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत हप्ता कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका थिए । उनको नेतृत्वमा प्रश्न उठाउँदै उनको सरकारका केही वरिष्ठ मन्त्रीले राजीनामा दिएपछि संकटमा परेका जोनसनले पनि पार्टीको नेताबाट पछि हटेका हुन् । धेरै पार्टीका सांसदहरूले पनि जोनसनलाई समर्थन गर्न अस्वीकार गरेपछि उनले राजीनामा दिनुपर्यो ।
जुलाई ७ मा राजीनामाको घोषणा गर्दै बोरिसले नयाँ नेता नआएसम्म आफू प्रधानमन्त्रीको पदमा रहने बताएका थिए । बेलायतमा हालसम्म ११ जना उम्मेदवार प्रधानमन्त्रीको दौडमा छन् ।
जसमा अर्थमन्त्री पदबाट राजीनामा दिने ऋषि सुनक र स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिने साजिद जाविदको नाम समावेश छ ।
यसबाहेक अन्य पनि प्रधानमन्त्री पदका लागि उम्मेदवार बन्न सक्छन् । उम्मेदवारहरूसँग आफूले पाउनुपर्ने समर्थन जुटाउन मंगलबारसम्मको समय रहेको पार्टीले जनाएको छ ।
प्रत्येक उम्मेदवारलाई नेता पदको दाबीमा समावेश हुन कम्तीमा २० जना सांसदको समर्थन चाहिन्छ । त्यसपछि बुधबारदेखि पार्टीका सांसदहरूले अर्को चरणको निर्वाचनका लागि मतदान सुरु गर्नेछन् । सांसदको मतदानपछि जुलाई २१ गतेसम्म उम्मेदवारको संख्या दुईमा सीमित हुनेछ ।
त्यसपछि पार्टीका सदस्यहरूले मतदान गरेर नयाँ नेता चयन गर्नेछन् । सेप्टेम्बर ५ मा प्रधानमन्त्री बन्ने उम्मेदवारको घोषणा हुनेछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया