मैले मानवअधिकार उल्लङ्घन गरेको छैन : केपी ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले मानवअधिकारको उल्लङ्घन कहिल्यै नगरेको दाबी गरेका छन् ।
मानव अधिकार एलान्सको २३ औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले मानव अधिकारको लागि आफूले ५७ वर्ष लडेको जिकिर गरे ।
‘जीवनमा मैले मानव अधिकार उल्लघङ्न कहिल्यै गरेको छैन,’ उनले भने, ‘कहिल्यै गर्दिन । यदि कसैले मलाई मानव अधिकार उल्लङ्नकर्ता ठान्छ भने त्यो महाभुल हुनेछ ।’
त्यस्तै उनले राजनीति विकृत भए मानव अधिकार उल्लङ्घनकर्ता हुने बताएका छन् ।
‘राजनीति विकृत भए मानव अधिकारकर्ता हुन्छन् । राजनीति सहि बाटोमा हिड्यो भने रक्षक र परिपालक हुन्छ’, उनले भने ।
उनले मानव अधिकार उल्लङ्घन जहिल्यै बलियाबाट कमजोरमाथि हुने भन्दै त्यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया