बेलायतमा प्रधानमन्त्री निर्वाचनका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजिनामापछि रिक्त कन्जरभेटिभ पार्टीको नेताको निर्वाचनका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिने भएका छन् । पूर्व स्वास्थ्यमन्त्री साजिद जाविद र अन्य दुई मन्त्रीहरू रहमान चिश्ती र ग्राण्ड शाप्स भने प्रतियोगिताबाट बाहिरिने निर्णय गरेका छन् ।
पहिलो चरणको प्रतिस्पर्धामा सबैसँग कम्तीमा २० जनाको समर्थन रहेकोले सबै प्रतिस्पर्धाका लागि योग्य मानिएका छन् ।
टोरी पार्टीको नेताको उम्मेदवारीका लागि दर्ता प्रक्रिया पूरा भई स्थानीय समय अनुसार साँझ छ बजे समाप्त भएको छ ।
मतदानको पहिलो चरणमा प्रवेश गर्न सफल सम्भावित दाबेदारहरूमा पूर्व मन्त्रीहरू ऋषि सुनाक, लिज ट्रस, नाधिम जाहवी, जेरेमी हन्ट, पेनी मोर्डनट, हाउस अफ कमन्सका अध्यक्ष टम टुजेन्हाट, इंग्ल्याण्ड र वेल्सका महान्यायाधिवक्ता सुएला ब्रेभरम्यान र समानताका लागि भूतपूर्व राज्य मन्त्री केमी बाडेनोक देखिएका रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।
पहिलो मतदानमा ३० जना सांसदको समर्थन सुरक्षित गर्न नसकेका कुनै पनि उम्मेदवारहरू दोस्रो चरणको प्रतिस्पर्धामा सहभागी हुन पाउने छैनन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया