हतियार इटालीका, आउँदै चीनबाट, बिचौलिया नेपाली
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८४ करोड रूपैयाँबराबरका हतियार तथा गोलीगठ्ठा किन्न तीन विदेशी कम्पनीसँग सम्झौता गरेको छ । सटगन र पिस्तोल इटालीको बेरेटा र फाबार्म कम्पनीका भए पनि नेपाल ल्याउन चीनको पोली टेक्नोलोजिज इन्कलाई प्रयोग गरिएको छ । यसका बिचौलिया दीपक भट्ट हुन्, जसले नेपालको सत्तापक्ष, प्रतिपक्ष, संसदका राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समितिलाई समेत आफैं व्यवस्थापन गर्ने दाबी गर्दै आएका छन् ।
प्रहरी प्रधान कार्यालयले एक हजार थान पिस्तोल किन्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको हो । इटालीको बेरेटा डिफेन्स टेक्नोलोजिजमा उत्पादित पिस्तोल ल्याउन चिनियाँ कम्पनी पोली टेक्नोलोजीसँग सम्झौता भएको छ । त्यस्तै पिस्तोलमा लाग्ने गोली भने चिनियाँ कम्पनीबाटै खरिद गर्ने सम्झौता छ । गोली खरिदका लागि हङकङको निहाल ट्रेडिङमार्फत काम भएको देखिन्छ ।
भट्टले ०७१ मै प्रहरीका लागि डेढ अर्बका हतियार खरिद गर्न जोडबल गरेका थिए । चीन र इटालीबाट हतियार किन्न उनले दबाब दिएका थिए तर प्रहरी प्रधान कार्यालयले तत्कालको प्राथमिकता हतियार नभई भौतिक संरचना निर्माण भएको कारण देखाएर बजेट फ्रिज गराएको थियो, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया