NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

डोनाल्ड ट्रम्पकी प्रथम पत्नीको निधन

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रथम पत्नी इभाना ट्रम्पको निधन भएको छ । तीन सन्तानकी आमा ७३ वर्षीया इभानाको शुक्रबार निधन भएको हो ।

इभानाकी जेठी छोरी इमान्काले इन्ष्टाग्राममार्फत आफ्नी आमाको निधन भएको पुष्टि गरेकी छन् ।

इभाना आफ्नो न्युयोर्क सिटी नजिकैको घरको सिढीमा अचेत अवस्थामा फेला परेकी थिइन् । समाचार संस्था एपीका अनुसार, लडेर उनको मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

हालको चेक गणतन्त्रमा जन्मिएकी इभानाको सन् १९७७ मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाह भएको थियो । तर उनीहरूको सम्बन्ध १५ वर्ष मात्र टिक्यो । सन् १९९२ मा दाम्पत्य जीवनबाट अलग उनीहरूका डोनाल्ड जुनियर, इभाना र इरिक गरी तीन सन्तान छन् ।

डोनाल्ड ट्रम्पले पूर्वपत्नीको निधनप्रति दुःख प्रकट गर्दै उनी अदभूत र सुन्दर र रहेको सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् । साथै उनले इभानाले सानदार र प्रेरणादायी जीवन बाँचेको पनि उल्लेख गरेका छन् ।