अमेरिकामा एक हजारभन्दा बढी मंकीपक्स संक्रमण
वाशिंटन । अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मंकीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्यांकअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मंकीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको छ ।
त्यसैगरी न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग सङ्क्रमण पुष्टि भएको छ सीडीसीले उल्लेख गरेको छ ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्यांकअनुसार बिफर र मंकीपक्स रोकथामका लागि संकेत गरिएको अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को एक लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा मंगलबारसम्म लगाइएको छ ।
विशेषज्ञहरूको भनाइअनुसार सङ्क्रमित बढ्दै गएपछि स्थानीय स्तरमा मंकीपक्सको खोपको अभाव देखिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया