छैसठ्ठी लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । बैङ्किङ अपराधमा रु ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनको नामको बैङ्क खाताको चेकबाट रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरमा गत चैत २१ गतेको फैसलाले १० दिन कैद र रु ६६ लाख जरिवानाको आदेश दिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई बिहीबार पक्राउ गरेको थियो । ब्यूरोका अनुसार फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया