कांग्रेसको केन्द्रीय समिति बैठक : शीर्ष नेता र पदाधिकारीले धारणा राख्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने पार्टी सचिवालयले जनाएको छ ।
यसअघिका बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । स्थानीय निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठकमा नेतृत्वको चर्को आलोचना भएको थियो ।
शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरेका थिए । यस्तै, देउवा पक्षले महामन्त्रीद्वयको कायैशैलीको विरोध गरेका थिए ।
आजको बैठकमा पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ ।
केन्द्रीय सदस्य केशव बुढाथोकीले गुटको बैठकमा सहभागी भएको भन्दै महामन्त्रीद्वय गगन थापाको आलोचना गरेका थिए ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया