अनाथ, असहाय बालबालिका पढ्न नगरपालिकाले निःशुल्क विद्यालय खोल्ने
दमौली । व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त विद्यालय सञ्चालन गर्न लागिएको हो ।
उक्त प्रकृतिका विद्यार्थीका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्यअनुरुप विद्यालय सञ्चालन गर्न लागेको व्यासका प्रविधि सूचना अधिकृत विशाल पण्डितले जानकारी दिए ।
विद्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिको लागि यसअघि नै विज्ञापन गरिसकेको नगरपालिका कार्यालयले जनाएको छ ।
विद्यालयमा खाना पकाउने भान्से, शिक्षिका र सुरक्षाकर्मीलगायतका जनशक्ति माग गरिएको नोडल अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिए ।
विद्यालय सञ्चालनको लागि विद्यार्थी भर्ना गर्न साउन २ गतेदेखि ८ गतेसम्म आवेदन फाराम वितरण गर्न सूचना जारी गरेको शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए । कक्षा ५ सम्म विद्यार्थी भर्नाको लागि आवेदन फाराम वितरण गरिएको व्यास शिक्षा शाखाले जनाएको छ ।
ताजा अपडेट
-
म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
प्रतिक्रिया