भारतमा ‘मंकीपक्स’को दोस्रो संक्रमित पनि भेटियो
नयाँ दिल्ली । भारतमा ‘मंकीपक्स’ को दोस्रो सङ्क्रमित व्यक्ति भेटिएको छ ।
दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मंकीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन् ।
केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे शहरको नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईभी) मा उनको नमूना परीक्षण गरिएपछि दोस्रो मंकीपक्स सङ्क्रमण पुष्टि गरिएको हो । केरला सरकारले यो रोगविरुद्धको रोकथामका उपायलाई तिव्रता दिएको छ ।
कन्नूर जिल्लाका स्थायी बासिन्दा ३१ वर्षीय युवकको केरलाको एक सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनी जुलाई १३ मा दुबईबाट केरला आएका थिए ।
अधिकारीले भने, ‘मंकीपक्स’ सङ्क्रमित बिरामीको स्वास्थ्य चिन्ताजनक अवस्थामा नरहेका बताइएको छ । प्रशासनले उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि समूहमा घुलमिल नहुन भनिएको छ साथै चिकित्सकहरूले उनीहरूको स्वास्थ्य अवस्थालाई पनि अवलोकन गरिरहेका छन् ।’
मुलुककै पहिलो ‘मंकीपक्स’को बिरामी केरालामा नै पत्ता लागेको थियो । तर ती संक्रमित व्यक्ति अमेरिकाबाट आएका यात्री थिए र जुलाई १२ मा उनी केरला आइपुगेका थिए ।
भारतमा ‘मंकीपक्स’को पहिलो सङ्क्रमण पुष्टि भएपछि केन्द्र सरकारले ‘मंकीपक्स’लाई फैलिन नदिन आवश्यक सावधानी अपनाउन र परीक्षणलाई व्यापक बनाउन वरिष्ठ चिकित्सकसहितका समूहलाई विभिन्न राज्यमा पठाएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया