किराँत एकेडेमी पुरस्कार घोषणा
काठमाडौं । किराँत एकेडेमीद्वारा प्रदान गरिने किराँत एकेडेमी पुरस्कारका लागि गठित एकेडेमीको छनोट समितिद्वारा तेस्रो पुरस्कार घोषणा गरिएको छ ।
पुरस्कार प्रयोजनका लागि प्राप्त कृतिहरूमध्येबाट सात वटा कृति सूचीकृत गरिएकामा ती कृतिमध्ये यसपटक विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङ्मय (वाङ्मयिक अनुसन्धान) र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहास (इतिहास)लाई संयुक्तरूपमा पुरस्कृत गरिने निर्णय गरिएको छ ।
यसअघि यो पुरस्कार प्रथम पटक युग पाठकको उर्गेनको घोडा (उपन्यास) र दोस्रो पटक झलक सुवेदीको ब्रिटिस साम्राज्यको नेपाली मोहोरा (इतिहास अनुसन्धान)ले प्राप्त गरेका थिए । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया