विरुवा नरोपी वृक्षरोपण गर्ने अधिकृतसहित चारविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विरूवासमेत नरोपी वृक्षरोपणको नाममा विनियोजित रकम दुरूपयोग गर्ने पाँचजना विरूद्ध मुद्दा दायर गरेको छ । आयोगले आज जिल्ला वन कार्यालय सिमरा, बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलसहित चारजना विरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानको क्रममा पटेलले आर्थिक वर्ष २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षरोपणका लागि विनियोजित तीन लाख ६० हजार रूपैयाँ हिनामिना गरेको पुष्टि भएको छ ।
आयोगले पटेलसहित अन्य चारजनालाई पनि मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा तत्कालिन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत बिन्देश्वरप्रसाद पटेल र सह लेखापाल जनकराज जोशी विरुद्द मुदा दायर भएको हो ।
उनीहरूले रकम भुक्तानी दिन कार्यलय प्रमुखलाई सिफारिस गरेका थिए । सोही सिफारिसकै आधारमा सम्झौता रकमको शतप्रतिशत रकम भुक्तानी दिइएको हुँदा उनीहरू माथि पनि उक्त रकम बिगो माग दाबी गरिएको छ ।
त्यस्तैगरी अर्का प्रतिवादी जागरण विकास केन्द्र्र नेपाल सिम्रौनगढ ११ का अध्यक्ष मदन प्रसाद जैसवारले पनि रकम हिनामिना गरेको पुष्टि भएको छ ।
उनले वृक्षरोपणका लागि पेश्की रकम लिएर तारवारसमेत नगरी स्थानीयलाई काममा लगाएजसरी झारो टार्ने किसिमले वृक्षरोपण गरी रकम हिनामिना गरेको पुष्टि भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया