तीन वर्षपछि स्पेनमा फेरि भयाे साँढे दौड
काठमाडौं । सन् २०१९ पछि पहिलोपटक स्पेनमा साँढे दौडको आयोजना गरिएको छ । कोरोना महामारीका कारण तीन वर्षसम्म बन्द भएको दौडमा सहभागी हुन विदेशबाट पनि ठूलो संख्यामा पर्यटक पुगेका थिए । यो शताब्दीयौंदेखि स्पेनी शहरमा आयोजना हुँदै आएको छ ।
सान फर्मिन उत्सव सेन्ट फर्मिन, पाम्प्लोनाको पहिलो विशपको सम्मानमा वार्षिक रूपमा यो कार्यक्रम गरिन्छ। नौ दिनसम्म चल्ने यो महोत्सवमा विश्वभरबाट लाखौं पर्यटक पुग्ने गर्दछन् । यो पर्वमा मानिसहरु गोरुको अगाडि दौडिन्छन् र वरपरका मानिसहरुले उनीहरुलाई हौसला दिने गर्छन् ।
यस पर्वमा मानिसहरु हरेक बिहान ८ बजे गोरुसँग दौडिन्छन् । गोरुलाई सहरको सडकमा खुल्ला छाडिन्छ र त्यसपछि सहरका सडकमा दौड्दै गोरुको घेरामा पुग्छ । बाटोमा मानिसहरू साँढेको अगाडि दौडेर ओभरटेक गर्न खोज्छन् ।
पाम्प्लोना सिटी हलका अनुसार, सबै धावकहरूको लगभग ४० प्रतिशत विदेशबाट पुग्छन्, जसमा सबैभन्दा धेरै विदेशीहरू अष्ट्रेलिया, अमेरिका र बेलायतबाट त्यहाँ पुग्छन् । साढेको अगाडि दौडने बाटोको दुरी जम्मा ८५० मिटरमात्रै हुन्छ । तर सहरका सडक साँघुरो भएकाले यो छोटो दौडको एक भाग पनि जोखिमपूर्ण छ ।
हरेक वर्ष यो पर्वमा केही व्यक्ति घाइते हुन्छन् । अहिले पनि ६ जना घाइते भएका छन् ।
पछिल्लोपटक २०१९ मा महोत्सवमा ३९ जना घाइते भएका थिए, जसमध्ये तीन जना गोरुको खुट्टामुनि परेका थिए । दौडमा सहभागी गराइने साढेहरूलाई वर्षभरि विशेष खाना दिइन्छ र उनीहरूको विशेष हेरचाह पनि गरिन्छ ।
यस उत्सवलाई पशु अधिकारकर्मीहरुले आलोचना गर्दै आएका छन् । यसपटक पनि दर्जनौंले पाम्प्लोनामा डायनासोरको पोशाक लगाएर विरोध गरेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया