सिभिल सहकारी ठगी : इच्छाराजकी पत्नी सिर्जना पनि पक्राउ
काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार सहकारीकी तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौँस्थित रामशाहपथबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानूनी कारबाहीका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । उनीहरुको मिलेमतोमा काठमाडौँ महानगरपालिका–१३, सोल्टीमोडस्थित उक्त सहकारी संस्थामा आकर्षक ब्याजदर दिनेलगायत विभिन्न प्रलोभनमा पारी ठूलो सङ्ख्याका बचतकर्तालाई रकम जम्मा गर्न लगाई सङ्गठितरूपमा रु पाँच अर्ब ८४ करोड ४० लाख ठगी भएको खुल्न आएको थियो ।
उक्त सहकारीमा विगत तीन वर्षदेखि बचत गरेको रकमको साँवा तथा ब्याज माग गर्दा नदिइएको भन्दै एक हजार ५३० जना पीडितले ब्यूरोमा ठगी एवं सङ्गठित अपराध कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान सम्पन्न गरी ब्यूरोले गत मङ्सिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । हाल प्रतिवादी इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि कारागारमा छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया