मलेसिया : कोरोना सङ्क्रमित बढ्दै, थप सातको मृत्यु
काठमाडौं (एजेन्सी) । मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ ।
मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै सो सङ्क्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ ।यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता सङ्क्रमितहरुको सङ्ख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन् । यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका भन्दै स्वास्थ्यका मापदण्डहरु अपनाउन भनेका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया